बाँके : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा गएराति भएको माइक्रोबस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
मृतकहरुको परिचय खुलिसकेको छैन । भारतबाट फर्किएकालाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । राति सवा १२ बजे दुर्घटना भएको थियो ।
घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies