गौरीशंकर जयसवाल/मध्यान्ह
परासी : लकडाउनको सदुपयोग गदै सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पश्चिम नवलपरासीका पदाधिकारी तथा कर्मचारीहरु यतिवेला दिनरात नभनी खानेपानीको मर्मत तथा सरसफाईमा जुटेका छन् । सुनवल नगरबासीलाई शुद्ध खानेपानीको पहुँच पुर्याउन र कोही पनि नागरीक खानेपानीबाट बञ्चित बुन नदिनको लागि उनीहरुले सामाजिक दुरी कायम गदै करिव २ महिनादेखिनै खानेपानीको पाइपलाइन मर्मत, नयाँ पाइपलाइन जडान, पानीको मुहानसम्म पुग्नका लागी वाटो निर्माण लगाएतका काममा गरिरहेका छन् । सुनवल नगरपालिकाको वडा नं. ४ स्थित खानेपानीको मुहान घैयाबारी, विहारी र समयटोलासम्म बाटो निर्माण गरेको संस्थाले जनाएको छ ।
शुद्ध खानेपानी कसरी सहज र सुलभ तरिकाले उपभोक्ता माझ पु-याउन सकिन्छ भन्ने उद्देश्य अनुरुप गत वर्षको फागुन १० गते निर्वाचित समितिले पहिला मुहानदेखिनै कम पानी आउनुको अध्ययन गर्दै प्राविधिकको सल्लाहअनुसार मर्मत गर्ने, पाइपलाइन सफाई गर्ने लगायतका कामहरु गर्दा अहिले ४ / ४ लाख लिटरका दुई वटा ट्यॉकी ७ घण्टामै भरिने गरेको छ । पहिला डेढदेखि दुई लिटर प्रति सेकेन्ड पानी आउने गरेकोमा सरसफाई र पाइपलाइन बिस्तार गरेपछि अहिले प्रति सेकेन्ड ३० देखि ३२ लिटर पानी रिजर्व ट्याँकी आउने गरेको र जसले गर्दा करिव ३ हजार उपभोत्तालाई दैनिक १६ घण्टा पानी वितरण भइरहेको संस्थाका अध्यक्ष खड्क बस्नेतले जानकारी दिए ।
सुनवल नगरपालिका वडा नम्वर ४ स्थित गेरादी खोलाको प्राकृतिक मुलको दोस्रो चरणको वैकल्पिक पाइपलाइन विस्तारको कामसमेत खानेपानी संस्थाले सम्पन्न गरिसकेको छ । जसबाट उपभोत्तालाई चुनाबाट पर्ने प्रभावलाई न्युनिकरण गर्न र त्यसवाट पानीमा हुने आपूर्तिको अवरोधलाईसमेत हटाउन र एउटा पाइपलाइनमा अवरोध आए अर्कोबाट पानी आपूर्ति गराउने उद्देश्यका साथ वैकल्पिक पाइपलाइन विस्तार गरेको अध्यक्ष वस्नेतले बताए ।
उक्त खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले सुनवल नगरपालिकाका १, २, ३, ४,६ र १० गरि ६ वटा वडाहरुमा सेवा प्रदान गर्दै आएको छ ।
उक्त संस्थामा पुरानै ऋण ३ करोड ७६ लाख रहेको र त्यो ऋणको व्याज किस्ता, मर्मत सम्भार र नयॉ धारा जडानसमेत गर्नुपर्ने भएकाले चुनौतिपूर्ण आर्थिक पाटोलाई सहज गराउन संस्थामा हुने चुहावट रोक्ने, खर्चलाई कम भन्दा कम गर्ने, संस्थामा अरुले गर्ने ठेक्कापट्टाको काम संस्था अफैले गर्ने र त्यसबाट वचेको रकमलाई संस्थाको अन्य काममा लगाउने योजना अनुरुप संस्था अगाडी वढेको अध्यक्ष वस्नेतको भनाई छ ।
त्यस्तै समितिले नयाँ धारा जडान र मासिक शुल्कमासमेत मूल्य समायोजन गरेको छ । पहिला नयाँ धारा जडान गर्दा रु १५ हजार र मासिक न्युनतम शुल्क १ सय ५० थियो भने अहिले धारा जडामा १० हजार र मासिक न्युनतम शुल्क ५० रुपौया मात्र कायम गरिएको अध्यक्ष बस्नेतले बताए । त्यति मात्रै नभई एकमुष्ट धारा जडान गर्न नसक्नेहरुको लागी किस्तामासमेत वुझाउन पाउने व्यावस्था र अति विपन्नलाई निशुल्कसमेत धारा जडान गर्ने तयारी रहेको अध्यक्ष वस्नेतको भनाइ छ ।
संस्थामा सुनवल नगरपालिले आवश्यक सम्पूर्ण किसिमको सहयोग गर्ने प्रतिवद्धता दिएकाले वर्तमान समितिकै कार्यकालमा सुनवल नगरवासीहरु सवैको घरमा शुद्ध खानेपानीको पहुँच पुर्याउने संस्थाले लक्ष्य लिएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies