काठमाडौं : नेपालमा आज थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा संक्रमण देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ ।
यस्तै हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको छ ।
आजसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।
यस्तै अहिले देशका विभिन्न क्वारेन्टिनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आठ जनाको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies