काठमाडौं : काठमाडौं मेडिकल कलेज सिनामंगलका चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनको क्रममा स्वास्थ्यकर्मीमा सक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा २४ देखि ३२ बर्ष उमेरका तीन महिला र २८ बर्षका एक पुरुष छ । उनीहरुमा विरामीवाट कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमित हुने सबै स्वास्थ्यकर्मी अस्पतालले भक्तपुरको दुवाकोटमा स्थापना कोरोना विशेष अस्पतालमा कार्यरत थिए ।
केही दिनअघि पाटन अस्पतालबाट सो अस्पतालमा पुर्याइएका एक विरामीमा संक्रमण पुष्टि भएको थियो । विरामीमा संक्रमण पुष्टि भएपछि उपचारमा सग्लन चिकित्सक सहित २५ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये चार जनामा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जानकारी दिएको छ । आजै भक्तपुरका एकजनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies