काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ सदस्यसचिवको निमित्त जिम्मेवारी मन्त्रालयका उपसचिव भक्तबहादुर ढकाललाई दिएको छ । युवा तथा खेकलुद मन्त्री जगतबहादुर सुनारले रिक्त पदमा निमित्त जिम्मेवारी सम्हाल्न ढकाललाई पठाएका हुन् ।
ढकाल मन्त्रालयको खेलकुद महाशाखा प्रमुख हुन् । नयाँ खेलकुद ऐन लागु भएपछि राखेपका बहालवाला सबै पदाधिकारी खारेज भएपछि नयाँ सदस्यसचिव नियुक्त नहुँदासम्म ढकाललाई जिम्मेवारी दिइएको हो । मन्त्रालयले नयाँ सदस्यसचिवका लागि सिफारिस समिती गठन गरेर एक महिलासहित तीन जनाको नाम मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies