काठमाडौं : वरिष्ठ वैदेशिक रोजगार व्यवसायी हेम गुरुङले स्वास्थ्य तथा कोरोना लगायतका कारणले वैदेशिक रोजगार बोर्डको सदस्यको जिम्मेवारी निर्वाह गर्न नसक्ने बताएका छन् । व्यवसायी गुरुङले त्यससम्बन्धी जानकारी मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिएका हुन् ।
मन्त्रालयले (मन्त्रीस्तरको निर्णय गरी) वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ अनुसार असार १८ गते व्यवसायी गुरुङसहित नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई बोर्डको सदस्यमा मनोनयन गरेको थियो । उनीहरुको कार्यकाल निर्णय भएको मितिले दुई वर्ष हुने उल्लेख छ ।
मन्त्रालयमा बुझाएको असमर्थता पत्रमा व्यवसायी गुरुङले आफु यसअघि पनि बोर्ड सदस्यका रुपमा दुई वर्ष बिताइसकेको र स्वास्थ्य लगायतका कारण जिम्मेवारी वहन गर्न असमर्थ रहेको उल्लेख गरेका छन् । पत्रमा व्यवसायी गुरुङले बोर्डमा रहेर आफ्नो योग्यता र क्षमता अनुसारको परिणाममुखी कार्य गर्ने अभिष्ट हुँदाहुँदै पनि विश्वव्यापाी रुपमा फैलिरहेको कोभिड १९ को महामारीबाट सिर्जित विषम परिस्थिति र यसका कारण समग्र क्षेत्र विश्व अर्थतन्त्रमा पर्न गएको ऋणात्मक असरको अतिरिक्त वैदेशिक रोजगारको क्षेत्रमा देखिएको जटिलताको कारण र आफ्नो व्यक्तिगत अस्वस्थताका कारणले समेत तत्कालका लागि वैदेशिक रोजगार बोर्डको सदस्य पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies