एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण हावामा पाइने सुक्ष्म कणबाट समेत फैलने तथ्य फेला परेको जनाएको छ । भीडभाड र बन्द तथा हावा आवतजावत नहुने कोठामा संक्रमण फैलने सम्भावना बढी रहेको अध्ययनले देखाएको डब्लुएचओले जनाएको हो ।
डब्लुएचओका संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्राविधिक कमिटीका प्रमुख बेनेडेट्टा एलेग्रान्जीले पछिल्लो तथ्य पुष्टी गर्ने थप आधार फेला परे घर भित्र वा हावा आवतजावत नगर्ने क्षेत्रहरुका लागि कोरोना नियन्त्रणसम्बन्धी मापदण्ड नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
यो तथ्य प्रारम्भिक भएको भन्दै यसमा थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ । मानिसले खोक्दा वा हाच्छ्यू गर्दा हावाका कणमा भाइरस फैलने डब्लुएचओले जनाएको छ । केही दिनअघि दुई सय बैज्ञानिकले खुला पत्र लेख्दै हावाबाट संक्रमण फैलने सम्भावनालाई डब्लुएचओले बेवास्ता गरेको बताएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies