काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पुनः स्थगित भएको छ । पार्टीभित्रको विवादका विषयमा शिर्ष नेताबीच सहमति जुटन नसकेपछि आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
सहमति प्रयासका लागि भन्दै नेकपाको स्थायी समिति बैठक आज गरी चारपटक स्थगित भइसकेको छ । मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बैठक राख्ने सहमति भएको थियो ।
असार १८ गते प्रधानमन्त्री ओलीले सल्लाह नै नगरी संसद अधिवेशन अन्त्य गरेपछि स्थायी समिति बस्न सकेको छैन । पार्टीमा देखिएको विवादमा सहमति खोज्नका लागि दुई अध्यक्षविच छलफल भने जारी रहने बताइएको छ । लगातार छलफल भएपनि ओली र दाहालबीच अझै कुरा मिलेको छैन ।
प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडानमै छन् । स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने चुनौती दिँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies