काठमाडौं : दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा सामाजिक दुरी राखेर प्रदर्शन गरेका हुन् ।
दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर युवाहरुमा देखिएको छ । सरकारले आफ्ना मागहरु पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी युवाहरुले दिएका छन् ।
ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन् । उनीहरुले दक्षिण कोरियाको उडान सुरु गरेर आफुहरुलाई पठाउन माग गर्दै आएका छन् । सरकारले यसअघि नै कोरिया जान दिने निर्णय गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies