राजन बस्नेत/मध्यान्ह
दोलखा : कोरोनाबाट आक्रान्त बनेको दोलखा जिल्लाका नागरिकको सेवाको लागि आफ्नो जन्मदिनको अवसर पारेर जिरी नगरपालिका १ श्यामाका जुझारु युवा लक्ष्मण गुभाजुले कोराना नियान्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखालाई स्वास्थ सामग्री हस्तान्तरण गरेका छन् । परोपकार नै धर्म हो भन्ने उक्तिलाई सार्थक तुल्याउँदै युवा समाजसेवी गुभाजुले विपन्न नागरिकको स्वास्थ्य सेवाको लागि आफ्नो जन्मदिनको दिन उक्त अभियान संचालन गरेका हुन् ।
दोलखाको सदरमुकाम चरिकोट सातदोबाटे चौकी नजिकै आयोजित गुभाजु जन्मोत्सव कार्यक्रममा दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेललाई गुभाजुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । गुभाजु जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले दीनदुखी हरेक नागरिकको सेवामा सदैव लागीपर्ने समाजसेवामा कृयाशील युवा गुभाजुले आफ्नो जन्मदिनको अवसरमा कोरोनाबाट आक्रान्त बनेका नागरिकलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
प्रहरीको माध्यमबाट सर्जिकल मास्क नागरिकलाई वितरण गर्ने अभियान शुरु गर्ने प्रहरी नायव उपरिक्षक पोखरेलले जानकारी दिए । गुभाजुले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् । उनी जिल्लामा सफल युवा व्यावसायीको रूपमा समेत परिचित छन् । कार्यक्रम बिगुल फाउण्डेसन दोलखाका सचिव राजेश बस्नेतले संचालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies