सुमन महतारा/मध्यान्ह
गुल्मी : अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक हात पार्न तीन खेलाडीलाई गुल्मी दरवार गाउँपालिकाले नगद सहित सम्मान गरेको छ ।
गत माघ १० गतेदेखि १५ गते सम्म सिङ्गापुर , मलेसिया , ईणडेनेसिया र थाइल्यान्डमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा गुल्मी दरवारका तीन खेलाडीले कास्य पदक हात पार्न सफल भएका थिए ।
हालै गाउँपालिकाले खेलाडीहरु अमर बहादुर पल्ली , बिजय सारु र लक्ष्मण थापालाई एकमुष्ट ३५ हजार नगदसहित सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न र उनिहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies