काठमाडौं : नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा प्रकाशित गरेकोमा भारतले असन्तुष्टि जनाउँदै कूटनीतिक नोट पठाएको तथ्य खुलेको छ। आज राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वैठकमा सो कुरा खुलेको हो ।
समितिका सभापति रामनारायण बिडारीले नेपालले नयाँ नक्सा जारी गरेकोमा असहमति जनाउँदै भारतले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी दिएका हुन् । भारतले कूटनीतिक नोट पठाएको बारे परराष्ट्र मन्त्रालयले समितिलाई जानकारी गराएको उनले बताए ।
नेपालले नक्सा जारी गरेपछि भारतले कूटनीतिक नोट पठाएको विवरण परराष्ट्र मन्त्रालयले भने सार्वजनिक गरेको छैन । नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधन गरेको थियो । सीमा विवाद समाधानका लागि नेपालले लगातार वार्ताका लागि प्रस्ताव गरे पनि भारतले आलटाल गर्दै आएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies