राजन बस्नेत/मध्यान्ह
दोलखा : दोलखामा दश वटा सहकारी एकीकरण भएका छन् । एकीकरणपछि संस्थाको नाम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था रहनेगरी एकीकरण स्विकृत पाएका हुन् ।
मिलिजुली साकोस, श्री धर्तिमाता साकोस श्री प्रगतिशिल परोपकार साकोस, एकता साकोस, श्री ध्रुवतारा कृषि सहकारी, श्री च्यासे भगवती साकोस, लामपोखरी कृषि सहाकारी, श्री जल्पाश्वरी महिला कृषि सहकारी, श्री शुभलक्ष्मी साकोस र श्री गगनचुम्बी साकोसबीच एकीकरण भई मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको बनेको संस्थाका व्यवस्थापक ईश्वर न्यौपानेले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार ५ गते एकीकरणको अनुमतिपत्र दिएको हो । दशवटा संस्था एकीकरण पश्चात हाल मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा महिला शेयर सदस्य ११ हजार ४ सय ९० जना, पुरुष शेयर सदस्य १० हजार १ सय ५२ जना र बालबचतकर्ता ८ हजार ३ सय ६८ गरी कुल ३० हजार १० जना रहेका छन् । एकीकरण पश्चात संस्थाको कुल पुँजी १ अर्ब १८ करोड १० लाख ९० हजार ५ सय र शेयर पूँजी ९ करोड ४० लाख १८ हजार ९ सय रुपैँया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies