काठमाडौं : ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका हुन । कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies