काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सुचिकृत भएको छ । बुधबार कम्पनीको सर्वसाधारणमा वितरण गरिएको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्ता समेत गरी जम्मा १ करोड ४८ ४८ लाख कित्ता साधारण सेयर नेपाल स्टक एकसचेन्जमा सुचिकृत भएको हो ।
धितोपत्र बोर्डबाट गत चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २,३७,८०,००० कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २,३७,८०० कित्ता शेयर बाँडफाँड भएको थियो ।
यस्तै कर्मचारीहरुलाई ७४,००० कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४,००० कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४,४३,२०० कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर २०७७ असार १४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द भएको थियो ।
संस्थाले आ.व. २०७६/०७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ७ अर्ब २२ करोड पुर्याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब १ करोड पुर्याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies