रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आज विहान आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविल रहेका छन् ।
दुईजनाको शव घरभित्र पुरिएको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । घरमै पुरिएकी आठ वर्षीया हिरा दमाइलाई भने घाइते अवस्थामा उद्दार गरिएको छ । तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies