काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रम स्वीकृति दिन शुरु गरेपछि गत एक हप्ताको अवधिमा १ हजार ६ सय ५४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । सरकारले गत असार १८ गतेदेखि भिसा र करार अवधि हुनेहरुलाई पुनः श्रम स्वीकृति दिन शुरु गरेको हो ।
वैदेशिक रोजगार कार्यालय ताहाचलका अनुसार त्यसपछिको एक हप्ताको अवधिमा १ हजार ६ सय ५४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अधिकांशले पहिले जहाज टिकट कन्फर्म गरेर पछिमात्र श्रम स्वीकृति लिन आउने गरेका कारण निवदेन गरेकै दिन श्रम स्वीकृति दिनु पर्ने बाध्यता रहेको बताइएको छ ।
पुनः श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै यूएई जाने रहेका छन् । यूएई जाने ७ सय ७७, कतार जाने १ सय ८०, मलेसिया जाने १ सय ४७ र ओमान जाने २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । उक्त कार्यालयले अमेरिका, जापान, माल्टा लगायतका २८ देशमा रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति जारी गरिएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies