चितवन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विपद्को बेला राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन् । आज विपद् व्यवस्थापन समिति चितवनको बैठकमा उनले राष्ट्रिय एकताका लागि आह्वान गरेका हुन् ।
एकातिर कोरोना र अर्काेतिर बाढी पहिरोको विपद् भइरहेको समयमा पार्टीका विवादहरु सामान्य हुने अध्यक्ष दाहालको भनाइ थियो । नेकपा भित्रको विवादलाई संकेत गर्दै उनले विपद्को बेला आन्तरिक कुरा गर्दा कसैलाई फाइदा नहुने जिकिर गरे ।
नेकपाको विवादबारे छलफल चलिरहेकै बेला बाढी पहिरोको जोखिम बढेपछि बैठक रोकेर आफु चितवन आएको अध्यक्ष दाहालले बताए । उनले चितवनमा बाढी नियन्त्रण र रोकथामका लागि नारायणी, राप्ती र रिउमा रिङरोड सहितको तटबन्धका लागि काम शुरु भइसकेको जानकारी पनि दिए । दाहाल शनिवार चितवन आएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies