काठमाडौं : भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
नर्सरी र बाँसको विरुवा खरिदमा भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख विगो माग गर्दे आज विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला वन कार्यालय बारामा सहायक वन अधिकृत हुदाँ पटेलले जिल्लाकै वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरिदमा अनियमितता गरेको अख्तियारले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies