अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको नारायणी सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
गत माघ ५ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले जाजरकोटको भेरी नगरपालिका - ३ का शसिराम बि.क ,सोही नगरपालिकाका मोहन बि क र सल्यानको दार्मा -१ का कृष्ण बि.क पक्राउ परेका हुन् ।उनिहरु युवक नै भएपनि उमेर भने प्रहरीले खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनाका विषयमा निरन्तर निगरानी गरीरहेको अवस्थामा खोजतलास गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए ।
आरोपितले सुन पसलबाट ८ तोला सुन चोरी गरेको स्विकार गरेका छन् ।सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र पक्राउ परेकाविरुद्ध डाँका चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies