काठमाडौं : सरिता गिरिले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी नेतृ गिरी आज आफैं उपस्थित भएर अदालतमा रिट दर्ता गरेकी हुन् ।
रिट निवेदनमा उनले सांसद पदबाट हटाउने पार्टीको निर्णय गैरकानुनी रहेको उल्लेख गरेकी छन् । जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ गिरी पार्टी र सांसदवबाट निष्कासन गरेको थियो । उनी समानुपातिक तर्फकी सांसद थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies