काठमाडौं : सोमबार नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सोमबार ५ हजार ८ सय ४६ वटा पीसीआर परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमण मुक्त भएर निको हुनेको संख्या १० हजार नाघेको छ । कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्दा १० हजार २ सय ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ मा जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies