काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा एक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण गर्न प्रवन्ध मिलाउन मुख्य सचिव लोक दर्शन रेग्मीलाई निर्देशन दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गतवर्ष मलेसियाको रोजगारी बन्द रहेको र चालु आर्थिक वर्षको ४ महिना कोरोना भाइरस (कोभिड–१९) का कारण विभागले नै श्रम स्वीकृति बन्द गरेको कारणसहित वैदेशिक रोजगारीमा एक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण गर्ने व्यवस्थाका लागि कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि प्रधानमन्त्री ओलीले त्यस विषयलाई टुंगोमा पु¥याउने जिम्मा मुख्य सचिव रेग्मीलाई दिएको श्रोतले बतायो ।
कोरोना भाइरस संक्रमणपछि गत चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडानउका कारण प्रभावित सबै पक्षलाई कर छुट तथा अन्य सहुलियत दिने निर्णय गर्दै वैदेशिक रोजगार ऐन २०६४ मा रहेको व्यवसायीहरुको ईजाजतपत्र नवीकरणका लागि वार्षिक एक सय जना कामदार पठाएको हुनुपर्ने व्यवस्था संशोधन गर्ने निर्णय गरेको थियो ।
गत शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिडलगायतका कारणले वार्षिक एक सय कामदार वैदेशिक रोजगारमा पठाउन नपाएका म्यानपावर कम्पनीको ईजाजतपत्र नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन दिएको थियो ।
त्यसपछि वैदेशिक रोजगार विभागले शुक्रबारदेखि सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसेकेका म्यानपावर कम्पनीहरुको निवेदन लिन शुरु गरेको छ । तर नवीकरणको नियमित म्याद तीन दिनमात्र बाँकी रहँदा पनि समस्याको समाधान नहुँदा बहुसंख्यक व्यवसायी अन्योलमा देखिएका छन् । व्यवसायीहरुले दश हजार नवीकरण शुल्क बुझाएमा असार मसान्तसम्म र प्रत्येका महिना दश हजार शुल्क तिरेर असोज मसान्तसम्म ईजाजतपत्र नवीकरण गराउन पाउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies