काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रमुख दुई कारण औंल्याउँदै ठूलो संख्यामा अदक्ष नेपाली कामदारले रोजगारी पाइरहेको मध्यपूर्वका देशहरुको आर्थिक स्थिति ईतिहासमै कमजोर अवस्थामा पुग्ने आँकलन गरेको छ । कोषले उक्त क्षेत्रको आर्थिक अवस्था विगत ५० वर्ष यताकै खराव हालतमा पुग्ने आँकलन गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जनजीवन असहज भइरहेकाबेला आर्थिक श्रोतको प्रमुख आधार कच्चा तेलको मुल्य तल्लो अवस्थामा पुग्दा आर्थिक अवस्था कमजोर हुने र त्यसले रोजगारीमा भयावह संकट ल्याउन सक्ने कोषको आँकलन छ ।
कोषले उत्तरी अमेरिकाको अवस्था पनि मध्यपूर्व कै जस्तो हुने औंल्याएको छ । यसअघि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले विश्वभर संक्रमणकारुपमा फैलिरहेको कोरोना महामारीले सवा अर्ब मानिसको तलब तथा काम गर्ने समयमा कटौती भई रोजगारी गुमाउन सक्ने आँकलन गरेको थियो ।
त्यसमा अमेरिकाको रोजगारीमा ४३ प्रतिशतले कमी आउन सक्ने उल्लेख छ । नेपाली कामदारहरुले पाइरहेको खाडी तथा मलेसिया र जापानसमेत रहेको एशिया प्यासिफिक क्षेत्र बढी जोखिमपूर्ण अवस्थामा देखिएको आईएलओको आँकलन छ ।
विशेष गरी होटललगायत सेवा, खाद्य उत्पादन तथा उद्योग लगायतका क्षेत्रमा धेरै रोजगारी गुम्ने आँकलन छ । आईएलओको यसअघिको प्रतिवेदनमा कामदारले रोजगारी गुमाउने प्रकृति र तरिका फरक–फरक रहेको उल्लेख थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको भनाइ पनि आईएलओको प्रतिवेदनसँग मिल्दो जुल्दो देखिएको छ । धरैले पाइरहेको काम भन्दा एक तह तलको काम पाउने र अन्यले कार्य घण्टामा कटौती गर्नुपर्ने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies