काठमाडौं : चार्टर उडानबाट एक महिनाको अवधिमा १ सय ६७ वटा नेपालीको शव नेपाल ल्याइएको छ । कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार लकडाउनको अवधिमा सरकारले सुरु गरेको चार्टर फ्लाईटमा जेठ २८ गतेदेखि असार २८ गतेसम्मको अवधिमा १ सय ६७ वटा शव पनि नेपाल ल्याइएको हो ।
यस बीचमा २७ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । यस अवधिमा सबैभन्दा बढी साउदी अरबियाबाट ५९ वटा, मलेसियाबाट ४१ वटा, कतारबाट ४१ वटा, यूएईबाट १० वटा, बहराइनबाट ६ वटा, कुवेतबाट ८ वटा, माल्दिभ्स र ओमनबाट एक÷एक गरी १ सय ६७ वटा शव ल्याइएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies