नवलपरासी : नवलपरासीको दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै दाउन्नेको उकालोमा पहिरो खसेको हो ।
विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । विहान चार बजेतिर पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रकमा क्षति पुर्याएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies