एजेन्सी : विश्व स्वाथ्य संगठन डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिएको छ । सरकारहरु प्रभावकारी प्रयास गर्न सफल नभएमा संक्रमण अझै फैलने डब्लुएचओको भनाइ छ ।
डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम धेरै देशहरु कोरोना नियन्त्रणको खराब दिशामा गइरहेको भन्दै चिन्ता जनाएका हुन । जेनेभमा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताएका हुन् ।
विश्व नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाइले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनको भनाइ छ । भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए ।
उनले निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना नदेखिएको पनि स्पष्ट पारे । आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुने उनको चेतावनी छ । संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गर्ने देशहरुमा संक्रमण फैलदो क्रममा रहेको उनको भनाइ छ ।
पछिल्लो समयमा उत्तर र दक्षिण अमेरिकामा संक्रमण फैलदो क्रममा देखिएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies