महोत्तरी : महोत्तरीको रातु खोलामा आएको बाढिले बाँध भत्किएपछि सदरमुकाम जलेश्वर सहित दक्षिणवर्ती क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । एकडारा गाउँपालिकाको कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवारामा तटबन्ध भत्काउँदै रातु खोलामा आएको बाढिको पानि बजराही, नगरपालिका चौक, महादेव मन्दिर अस्पताल रोडमा पसेपछि जलेश्वर जलमग्न भएको छ ।
जलेश्वरसँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही, बहुअर्वा, पासवान टोल लगायतको बस्तीमा विगही खोलामा आएको बाढी पसेपछि डुबानमा परेको छ ।
घुँडा भन्दा माथि तीन फिट सम्म पानि जलेश्वरमा पुगेपछि स्थानीयलाई समस्या हुन थालेको छ । बस्ती डुबानमा परेपनि अहिलेसम्म धनजनको क्षति नभएको छैन । पानीको बहाब बढेर जोखिम सिर्जना भएमा खोज तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको छ ।
महोत्तरीमा प्रत्यक वर्ष बाढी र डुबानबाट ४० हजार भन्दा बढि व्यक्ति प्रभावित बन्दै आएका छन् । यसवर्ष १९ हजार ७ सय ८८ घर र ८५ हजार व्यक्ति बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्ला स्थित विपद् व्यवस्थापन समितिले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies