स्याङ्जा : स्याङ्जाको कालिगण्डकी गाँउपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन । कालिगण्डकी गाँउपालिकाको बडा नम्बर चारमा रहेको खहरे खोलामा झरेको पहिरो हेर्न गएको सोही गाँउपालिका बडा नम्बर चारका ७० बर्षिय इमान सिंह रानाको मृत्यु भएको हो । उनी पूर्व गाविस अध्यक्ष समेत हुन् ।
पहिरोमा परेर गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेर प्रेमचन्द्र पाण्डे, टिका थापा र गिमान सिहँ थापा बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको छ ।
पहिरोले वडा सदस्य होमनाथ पाण्डे र बिर बहादुर राना घाइते भएका छन् । दुबैको गल्याङस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । वर्षासँगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा एक जना गम्भिर घाइते भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies