अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका - ४ , नुनईटाकुराबाट अवैध लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चार केजी अफिम, २६ हजार नगद र एक थान मोबाइल सहित बाँफिकोट गाउँपालिका ५ बस्ने ३५ वर्षीय शंकर पुरीलाई सोमबार साँझ पक्राउ गरेको हो ।
पुरीसँगै रहेका अर्का एक जना फरार रहेका छन् । लागु औषधको कारोबार भैरहेको भन्ने गोप्य सुचनाका आधारमा खानतलासी गरी उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमणको प्रयास गर्दै एक जना फरार भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायरसमेत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) ठग बहादुर केसीले मध्यान्हलाई जानकारी दिए । पक्राउ परेका पुरीउपर अनुसन्धान भैरहेको र फरार भएका ब्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies