काठमाडौं : उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि चन्द्र ढकाल समूहले आज उम्मेदवारी घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा ढकालसहित अन्य पदाधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् । जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघाईलाई अगाडी सारको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले कोरोना भाइरसका कारण समस्यामा परेको अर्थतन्त्रलाई माथि उकास्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए । तिवारी, श्रेष्ठ र संघाईले कोरोनाबाट समस्यामा परेको अर्थतन्त्रसँगै आर्थिक रुपमा समुन्नत नेपाल बनाउन आफ्नो समूहले काम गर्ने बताए ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र पूर्व बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले कोराना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा उद्योग बाणिज्य महासंघमा व्यावसायिक र गतिशिल नेतृत्व आवश्यक भएको बताए ।
महासंघको महाधिवशेन साउन २६ र २७ गते काठमाडौंमा हुँदैछ । महासंघको अधिवेशनमा ढकाल र किशोर प्रधानबीच वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुँदै छ । यद्यपी प्रधान समूहले उम्मेदवारी घोषणा गरिसकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies