काठमाडौं : अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन् ।
उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन् । हमालले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर दिपाश्रीलाई माफि दिन आग्रह गरेका छन् ।
दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भइरहेको समयमा हमालको अपिल आएको हो । दिपाश्रीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गालीगलौज समेत गर्दै आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies