काठमाडौं : नवगठित नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी महासचिव सुवर्ण श्रेष्ठले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई छातासंस्था मानेर महिला व्यवसायीहरुको संघ अघि बढ्ने बताएकी छन् ।
शनिबार गठन भएको महिला व्यवसायीहरुको संघकाबारेमा कतिपयले व्यवसायीहरुको छातासंस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघभन्दा अलगरुपमा अघि बढ्ने अर्थ लगाई गलत तरिकाले बुझ्न खोजेको भन्दै महासचिव श्रेष्ठले स्वतन्त्र नवगठित संघ अस्तित्वमा नभई संघलाई नै छाता संगठन मानेर अघि बढ्ने विषयमा सबै महिला व्यवसायी एकै दृष्टिकोणले प्रष्ट रहेको बताइन् ।
उनले भनिन्, ‘सिंगो व्यवसायको कुरा गर्दागर्दै पनि कतिपय अवस्थामा महिला व्यवसायीहरुको मुद्दा ओझेलमा पर्ने गरेकोले अब त्यस्तो नहोस् भनेर महिला व्यवसायी संगठित भएको हो, तर छुट्टै र पृथक अस्तित्व खोज्ने गरी संगठित भएको होइन । त्यस्तो आवश्यकता पनि छैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies