काठमाडौं : मलेसियामा नेपाली सुरक्षागार्डलाई कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराउले मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गरी मलेसियन प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
गत असार २३ गते मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक व्यापारिक मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि अमानवीयरुपमा कुटपिट भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नेपाली दूतावासले प्रहरीमा मराउविरुद्ध मलेसियन प्रहरीमा अनुसनधान र कारबाहीका लागि किटानी उजुरी दिएको थियो ।
पिट्ने मुराउ कपिलवस्तुका र पिटाई सहने हुसेन नवलपरासीका भएकोसमेत खुलेको भन्दै दूतावासले छानविनमा दुवै जना मलेसियाको अध्यागमन कानूनअनुसार ओभरस्टे भई बसेको पाइएको उल्लेख गरेको छ । दूतावासमा दुवै पक्षबीच छलफल भएपछि मुराउले मलेसियन प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । उनले आत्मसमर्पण गरेपछि मलेसियन प्रहरीले छानविन शुरु गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।
गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै दूतावासले पीडित इस्लामलाई सम्र्पकमा आउन सार्वजनिक अपिल गरेको थियो । आफ्ना नागरिक कुटिएको विषयमा दूतावासले नै उजुरी दिएको घटनाललाई मलेसियाका सञ्चारमाध्यमहरुले यसपटक महत्व दिएर आफ्ना प्रकाशनमा समावेश गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies