काठमाडौं : पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानले मंगलबार भारत प्रशासित जम्मू–कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको हो । पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई भारतले भने अस्वीकार गरेको छ ।
पाकिस्तानको सो कदमपछि पहिलो प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पाकिस्तानले जारी गरेको नक्साको कुनै वैधता नभएको बताएका हुन् ।
उनले सो नक्साले राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा कुनै वैधता नपाउने बताएका छन् । उनले सीमापार आतंकवालाई बढवा दिन पाकिस्तानले यस्तो भ्रमपूर्ण नक्सा जारी गरेको आरोप लगाएका छन् ।
भारतले गत वर्ष अगस्ट पाँचमा जम्मू कश्मीरको विषेशाधिकार खारेज गर्दै दुई केन्द्र शासित राज्य बनाएको थियो । सो परिवर्तनको एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।
पाकिस्तानले भारतले जम्मु–कश्मिरबारे निर्णय लिएको वर्षदिन पुग्ने सन्दर्भमा गरिने कामको एक लामो सूची नै बनाएको छ । जसमा भारतविरुद्ध अभिव्यक्ति जारी गर्नेदेखि ट्विट गर्नेसम्मका विषय छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies