काठमाडौं : काठमाडौ उपत्यकामा लकडाउनको चर्चा र हल्ला चलिरहेका बेला उपत्यका बाहिरका जिल्लामा भने निषेधाज्ञा जारी गर्न क्रम बढेको छ । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि अहिले सम्म १४ वटा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
त्यसमा ६ वटा जिल्लामा भने पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँकेमा जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ । बाँकेमा साउन २४ गतेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ भने सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरुमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ । नुवाकोटका मुख्य बजारमा निषेधाज्ञा छ भने मोरङको विराटनगर महानगरपालिकामा साउन ३० गतेसम्म निषेधाज्ञा छ । महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २१ गतेसम्म निधोषाज्ञा जारी गरिएको छ ।
दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा छ । झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नभएसम्म र बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । रुपन्देहीको देवदह नगरपालिकालाई अर्को सूचना नआएसम्मका लागि पुर्ण रुपमा लकडाउन र बन्दाबन्दी गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies