काठमाडौं : कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण देशमा सञ्चालित ६१ प्रतिशत उद्योगरव्यवसाय बन्द रहेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको सर्वेक्षण प्रतिवेदनले बन्दबन्दीको कारणले ३५ प्रतिशत उद्योग व्यवसाय आशिंक रुपमा र ४ प्रतिशत उद्योगमात्र पूर्ण रुपमा सञ्चालन भएको देखाएको छ ।
बन्दाबन्दीका बेला सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरूमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोबार घटेको सर्वेक्षणले देखाएको छ । कोरोाना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनका कारण करिब एक चौथाई कामदारले रोजगारी गुमाएकाछन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धि सर्वेक्षण प्रतिवेदनअनुसार देशका उद्योग व्यवसायले करिब २२.५ प्रतिशत कामदार कटौती गरेको देखिएको हो । बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौति गरेका छन्। त्यस्तै, रोजगारी गुमाउनेमध्ये करिब दुई तिहाई अस्थायी र करारका कर्मचारी र कामदार छन् ।
सबैभन्दा धेरै घरेलु उद्योगका ३०.५२ प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । रु. ५० करोडभन्दा धेरै स्थिर पुँजी भएका ठूला उद्योगका भने करिब १४ प्रतिशत कामदारले रोजगारी गुमाएको अध्ययनले देखाएको छ ।लकडाउनको अवधिमा औसतमा १८.२ प्रतिशत उद्योग व्यवसायले कामदार तथा कर्मचारीको तलब कटौती गरेको अध्ययनले देखाएको छ। ठूला उद्योग व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेका छन् । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि रहेको अध्ययनको निष्कर्ष छ ।
यस्तै उक्त अवधिमा लकडाउका कारण असर परेका उद्योग÷व्यवसायमध्ये १७.३ प्रतिशतले मात्र ब्याज छुट प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत चैत महिनामा दिएको ब्याजमा १० प्रतिशत र छुट र वैशाख, जेठ र असारसम्म २ प्रतिशत ब्याज छुट दिन निर्देश गरिएको छ । ७१.३ प्रतिशत उद्योग व्यवसायले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ब्याज छुट प्राप्त गरेका छैनन् ।
साना तथा मझौला उद्योग÷व्यवसायले सबैभन्दा बढी ब्याज छुटको सुविधा प्राप्त गरेका छन् । औद्योगिक वर्गीकरणअनुसार कृषि, वन तथा मत्स्यपालन क्षेत्रका ३५.१४ प्रतिशत ब्याजमा सहुलियत प्राप्त गरेका छन् । विद्युत, ग्याँस तथा पानी र निर्माण सम्बन्धि २५र२५ प्रतिशत उद्योगरव्यवसायले ब्याज छुट पाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies