सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीको सीमा क्षेत्रबाट १ लाख १ हजार ३ सय ८० रुपैयॉ मूल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार सरावल गाउँपालिका वडा नं. ६ बडसारेमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजादै गरेको करिब १५ हजार मुल्य बराबरको ४ बोरा मटर ( केराउ) साथै भारबाट अबैधरुपमा ल्याउदै गरेको करिब ८६ हजार ३ सय ८० मुल्य बराबरको विभिन्न साडी २० थान, लेडिज कुर्ताको थान कपडा १९ मिटर, जेन्स भित्री कपडा तथा ३८ पोका धनियाको बिउ सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
उक्त मटर र कपडा मानिसहरुले मोटरसाईकलमा राखी लैजादै गर्दा तथा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु उक्त सामानहरु फाली भगेका थिए । नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies