काठमाडौं : सरकारले विहीबारदेखि सवारी साधानमा जोर विजोर प्रणाली फेरि शुरु गरेको छ । सरकारले असार २६ गतेदेखि निजी सवारी साधनको जोर विजोर हटाएको थियो । उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो भने भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
तर, लकडाउन हटेसँगै कोराना संक्रमितको संख्या बढेपछि पुनः सरकारले जोर विजोर लागू गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले वुधबार विज्ञप्ति जारी गर्दै २ सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरुमा विहीबार राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक पनि लगाएको जानकारी दिएका छन् ।
यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका अन्य सवै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका सातबजेदेखि विहान सात बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्न मन्त्रालयले निर्देशन पनि दिएको छ ।
त्यस्तै, मन्त्रालयले नेपाल सरकारको निर्णय बमोजिम आगामन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सिमा नाकामा हुने आवत जावतलाई पनि कडाईका साथ निषेध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्न समेत निर्देशन दिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न र गराउन पनि भनेको छ ।
मास्क नलगाउने वा, जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने समेत बताएको छ । जन स्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालकसमेतलाई कारबाही गरिने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies