रविन विश्वकर्मा/मध्यान्ह
प्यूठान,२२ साउन। प्यूठानमा पहिलो पटक समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ। बुधबार जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको कोरोना परीक्षण क्रममा कोरोना पुष्टि भएका ५ जना मध्ये प्यूठान नगरपालिका ७ की २२ बर्षिया युवतीमा कोरोना संक्रमण पुष्टी हो।समुदायस्तमै कोरोनाको संक्रमण फैलिएपछि प्यूठान नगरपालिकाको वडा नम्बर– ७ र ८ लाई पुर्णरुपमा सिल गरिएको छ । कोरोना संक्रमणलाई समुदायमा थप फैलिन नदिन प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना, धाइरेलगायतका क्षेत्रलाई पूर्णरुपमा सिल गरिएको हो।
अत्यावश्यक कामबाहेक यातायात, पसल, उद्योग लगायतका सबै सेवा क्षेत्र पूर्णरुपमा बन्द गरिएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले बताए।बुधबार बसेको नगरस्तरीय बैठकको निर्णय अनुसार आज बुधबारदेखि २५ गते सम्मका लागि सिल गरीएको मेयर कक्षपतीले जानकारी दिए। संक्रमित युवती होटल व्यवसायी भएकोले उनको सम्पर्कमा आएका छिमेकी तथा अन्य परिवारका सदस्यको बिहानै देखि स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख बिशाल सुवेदीले बताए। अहिले संक्रमितको अवस्था सामान्य रहेको छ। ५ जना संक्रमितलाई नगरपालिकाको आइसोलेशनमा राखिएको छ। हालसम्म नगरपालिकामा मात्रै ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४२ पुगेको छ भने ३ सय ३४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies