काठमाडौं : लायन्स डिस्ट्रिक्ट ३२५ ए २ ले कोभिड–१९ म्यानेजमेन्ट सपोर्ट सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । डिस्ट्रिक्टका लगभग अधिकतम क्लबहरुका अग्रसरतामा लायन्स डिस्ट्रिक्टले सप्ताहव्यापी कार्यक्रम सफल पारेको हो । कोभिड–१९ म्यानेजमेन्ट सपोर्ट सप्ताह कार्यक्रमको समाप्ति पश्चात डिस्ट्रिक्टले जुममार्फत कार्यक्रमको समिक्षा समेत गरेको छ ।
डिस्ट्रिक्ट गर्भनर लायन डा. शुशिला मल्लको अध्यक्षतामाभ भएको बैठकमा सम्बोधन गर्दै पूर्व गर्भनर लायन प्रधानाङ्गले कोभिड–१९ को महामारीले नेपालमा मात्र नभई विश्वका सबै देशरुमा डरत्रासको माहौलमा मानिसहरु बाँच्न बाध्य भएको बताए । उनले यस्तो त्रासदि वातावरणमा पनि विश्वभरका लायन्सहरु मानव सेवाको कार्यमा अग्रस रहि भूमिका निर्वाह गरिरहकोमा लायन्सहरुको लागि गर्वको विषय भएको बताए ।
डिस्ट्रिक्टले शुरुगरेको कोभिड–१९ म्यानेजमेन्ट सपोर्ट विक (सप्ताह) कार्यक्रममा डिस्ट्रिक्टका लगभग सबै क्लबहरुले आ–आफ्नो ठाउँबाट र आ–आफ्नो क्षमता अनुसार कोभीड–१९ म्यानेजमेन्ट सपोर्ट विक कार्यक्रम सफल पार्न खेलेको भूमिकाले सिङ्गो डिस्ट्रिक्टलाई गौरवान्वित भएको पनि पूर्व गर्भनर लायन प्रधानाङ्गले बताए ।
कोभिड–१९ म्यानेजमेन्ट सपोर्ट विक कार्यक्रम अन्तर्गत खाद्यान्न, फल फुल तरकारी, स्कुल ब्याग, टिफिन बक्स, मास्क, सेनिटाईजर, पीपीई, सर्जिकल मास्क, पानी बोतल, हेण्ड ग्लोभ लगायत दैनिक अतिआवश्यक वस्तुका साथै संक्रमणबाट जोगिन मदत्त पुग्ने सामाग्रीहरु वितरण गरिएको थियो ।
डिस्ट्रिक्ट ३२५ ए २ का क्लबहरुले उक्त सामाग्री टोखा, सानो भ¥याङ, त्रिपुरेश्वर सुकुमवासी बस्ती, अपाङ्ग सेवा केन्द्र तारकेश्वर, नयाँ बस पार्क, काँडा घारी प्रहरी प्रभाग, नवयुवा बाल सुधार केन्द्र, प्युन्टार, श्रीजनशिल बाल आश्रम गोठाटार, पवित्र समाज सेवा चण्डेश्वरी टोखा, नव युवा सुधार समिति बुढानिलकण्ठ मुहानपोखरी, लहान र निजगडमा राहत स्वरुप सहयोग वितरण गरेका थिए ।
यस्तै माईतिघर मण्डला र कोटेश्वर चौक प्रहरी प्रभागमा कोभीड–१९ जनचेतना कार्यक्रम समेत सम्पन्न गरेको थियो । त्यस्तै प्रथम भाईस गर्भनर लायन केशव पाण्डेले निजि रुपमा पोखरा, चितवन र काठमाडौंका विभिन्न स्वास्थ्य केन्द्रलाई पीपीई, मास्क र सेनिटाईजर सहयोग गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies