शुभ नारायण कामती / मध्यान्ह
सिरहा, २२ साउन । सिरहाका १७ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।जिल्ला प्रशासन कार्यालय सिरहाले खर्च विवरण उपलब्ध गराउन दिएको निर्देशनपछि सिरहाका ९ वटा नगरपालिका र ८ गाउँपालिका गरी १७ पालिका मध्ये ६ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १२ पालिकाले विवरण सार्वजनिक गरेक् हने ।
कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्चको विवरण सार्वजनिक गरेका १२ पालिकाले हालसम्म १८ करोड ४१ लाख भन्दाबढी खर्च भएको जनाएका छन् । जस अनुसार हालसम्म सिरहा नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ, लहान नगरपालिकाले १ करोड ९८ लाख ४ हजार ७८ रुपैयाँ, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैयाँ, गोलबजार नगरपालिकाले १ करोड ६ लाख ८ हजार ५ सय ५३ रुपैयाँ र धनगढीमाई नगरपालिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैयाँको खर्च विवरण सार्वजनिक गरेका छन् । यस्तै गाउँपालिकातर्फ औरही गाउँपालिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ, बरियारपट्टी गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैयाँ, विष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७ सय १० रुपैयाँ, नरहा गाउँपालिकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैयाँ, लक्ष्मीपुरपत्तारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैयाँ र अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँको खर्च विवरण सार्वजनिक गरे ।
हालसम्म ५ स्थानीय तहको खर्च विवरण भने सार्वजनिक भएको छैन । सुखिपुर नगरपालिका, कल्याणपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका र नबराजपुर गाउँपालिकाले तत्काल खर्च विवरण उपलब्ध गराउन नसकेका हुन् । विवरण उपलब्ध नगराएका स्थानीय तहहरुलाई पनि चाँडै उपलब्ध गराउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । यस्तै, जिल्ला अस्पताल सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ तथा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार हालसम्म सिरहामा कोरोना रोकथाम नियन्त्रण तथा उपचारमा २० करोड ९० लाख ४७ हजार ३५ रुपैयाँ खर्च भएको एकमुष्ट रुपमा खर्च भएको विवरण सार्वजनिक गरिएपनि कुन शिर्षकमा कति खर्च भयो भनेर खुलाएका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies