काठमाडौं : खाडीका विभिन्न मुलुकबाट एकै दिन करिब १५ सय नेपाली स्वदेश फर्किएका छन् । बिहीबार एकैदिन १ हजार ४ सय ६६ जना स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार साउदीको दमामबाट २ सय ९८ जना, रियादबाट २ सय ५९ जना, कतारको दोहाबाट १ सय ५७ जना, मलेसियाबाट १ सय ७८ जना, युएईबाट २ सय ३४ जना र इस्तानबुलबाट ७६ जना काठमाडौं आएका छन् । शुक्रबार भने विभिन्न देशबाट १४ उडान हुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies