काठमाडौं : कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ ।
बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख तीन हजार निर्धारण भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य रु ६० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ४०५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies