एजेन्सी : अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै अमेरिकाले लामसँगै हङकङका प्रहरी तथा राजनीतिक अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।
लाममाथि स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यास साँघुरो बनाउने चीनको नीति लागु गरेको आरोप अमेरिकाले लगाएको छ । प्रतिबन्धको घोषणा गर्दै अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले अमेरिका अहिले पनि हङकङका नागरिकको स्वतन्त्रताको पक्षमा रहेको बताए ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले वीच्याट र टिकटकलाई अमेरिका मा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । केही समयदेखि अमेरिका चीनविच तनाव बढेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies