काठमाडौं : अझै दुुई दिन मौसम सक्रिय रहनेहुुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शनिबारदेखि मौसम सक्रिय भएको मनसुनले कतिपय भागमा ठूलै वर्षा हुनुका साथै बाढी र पहिरोको सम्भावना पनि हुनेहुँदा उच्च सतर्कता आवश्यक भएको हो ।
महाशाखाले मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावनासँगै शनिबारदेखि तीन दिन नेपालमा मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुन सक्रिय हुँदा तीन दिन प्रदेश १, बाग्मती प्रदेश, गण्डकी, कर्णाली प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । आइतबार देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ ।
त्यसैगरी सोमबार सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर र बर्दियाका अधिकांश स्थानमा अति भारी वर्षा भएकाले टीकापुर र आसपास डुबानको उच्च जोखिममा रहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies