काठमाडौं : भारतले फेरि एकपटक बुद्ध जन्मस्थलका विषयमा भ्रामक प्रचार गरेको छ । शनिवार आयोजित एक भर्चुअल छलफलमा भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका हुन् ।
छलफलका क्रममा उनले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै उनलाई विश्वले महान भारतीयको रुपमा चिन्ने उल्लेख गरेका हुन् ।
छलफलका क्रममा उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्ने दावी गरेका हुन् । गौतम बुद्धको जन्म नेपालको कपिलबस्तुमा भएपनि भारतले पटक पटक आफ्नो देशमा जन्मिएको दावी गर्ने गरेको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्ध भारतमा जन्मेको दावी गरेपछि त्यसको नेपालमा चर्को विरोध भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies