एजेन्सी : भारतको आन्ध्र प्रदेशमा कोरोना भाइरस संक्रमितलाई राखिएको होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । विजयवाडामा रहेको स्वर्ण प्यालेस नामको होटलमा आज विहान आगलागी भएको हो ।
आगलागीमा परेर घाइते दश जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । २० जनाको सकुशल उद्दार गरिएको छ । आगलागी भएको होटलमा ४० जना मानिसहरु रहेको बताइएको छ । तिमध्ये ३० कोरोना संक्रमित र १० जना होटलका कर्मचारी थिए ।
विद्युत सर्ट भएर आगलागी भएको आन्ध्र प्रदेश सरकारले जनाएको छ । आन्ध्र प्रदेश सरकारले आगलागीबारे अनुसन्धान गर्न आदेश दिएको छ । अनुसन्धान लागि जिल्ला संयोजकको नेतृत्वमा छानविन समिति समेत गठन भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि आगलागीको घटनाप्रति दुःख ब्यक्त गरेका छन् । केही दिनअघि मात्र रमेश अस्पतालका संक्रमित राख्नका लागि सो होटल भाडामा दिइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies