काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले पनि घरबाटै काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न सकिने गरी निर्देशन दिएका हो ।
राष्ट्र बैंकले पछिल्लो समय संक्रमित थपिँदै गर्दा जोरविजोर प्रणालीका कारण कर्मचारीहरु कार्यालयसम्म आउन नसक्ने हुँदा यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै कर्मचारीलाई एकै पटक काममा नलगाउन पनि निर्देशन दिएको छ । आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन गरेको हो ।
प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies