काठमाडौं : कोरोना संकट ब्यवस्थापन केन्द्र ‘सीसीएमसी’ले देशभरी आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो ।
स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय बैठकले गरेको हो । बैठकले लामो दुरीका सवारी साधन र हवाइ यात्रा भदौ १५ गतेसम्म खुल्ला नगर्न सरकारलाई सिफारिस गरेको छ ।
त्यस्तै बैठकले विद्यालयहरु पनि भदौ १५ गतेअघि खुला नगर्न मन्त्रीपरिषदलाई सिफारिस गरेको छ । यसअघि भदौं १ गतेवाट लामो दुरीका यातायात, हवाइ सेवा र विद्यालय खोल्ने सरकारले तयारी गरेको थियो । मन्त्रीपरिषदको आगामी बैठकले यसवारेमा थप निर्णय गर्ने बताइएको छ ।
सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना नहुँदा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष पनि सीसीएमसी बैठकले निकालेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।
संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षीत रहन पनि बैठकले आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies